चुरोट त मान्छेले पो खान्छ । तर चीनमा भने एउटा ढुंगाले मान्छेले जस्तै गरी सनक्क चुरोट पिउँछ । सुन्दैमा झसंग भइने । तर लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो २ किलोभन्दा केही बढि तौलको छ ।
दक्षिणपूर्वी फुजियान प्रान्तको लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई हेर्न आजभोलि मान्छेहरुको घुइँचो नै लाग्ने गरेको छ । यो ढुंगाको मुखजस्तो प्वालमा चुरोटको खिल्ली राखिदिएपछि आफै सल्किएर धुवाँ नै नउठी ५ मिनेट भित्रमा सकिन्छ । लोउले यो चुरोट खाने ढुंगा सांगिउ पहाडमा फेला पारेका थिए । यो ढुंगा खैरो रंगको छ ।
बलिउडका चर्चित नायक जोन अब्राहमले आफू भन्दा २० वर्षिय कान्छी केटीसंग विवाह गर्ने भएका छन्। ४० वर्षिय जोनले २० वर्षिय प्रिया रुचालसंग विवाह गर्ने भएका हुन्। तर उनले विवाह भने २ वर्ष पछि गर्ने बताएका छन्। उनकी प्रेमिका प्रिया हाल लण्डनमा एमबिए गर्दैछिन र प्रियाले एमबिए सके लगतै विवाह गर्ने जोनले बताएका छन्।
जोनले यसअघि बलिउडीकी सेक्सी लेडी बिपास बासुसंग ९ वर्षिय लामो प्रेम तोडेका थिए। त्यसै उनलाई धेरै बलिउडी नायीकासंग जोडेर हेरिएको थियो । प्रिया रुचाल भारतको हिमाञ्चल प्रदेशकी भए पनि हाल अमेरिकी नागरिक हुन्।