केटा साथीहरु सबै पुड्का कसैले आँटै नगर्ने-जमुना जोशी, गायिका
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
के छ नयाँ हालखबर?
मेरो एल्बम ‘माई ड्रिम’ आउँदै छ। त्यसैको तयारीमा व्यस्त छु।
एल्बमसँग सपना जोडिएका छन् कि सपनाका गीत छन् एल्बममा?
यो एल्बमसँग मेरो हिट गायिका बन्ने सपना जोडिएको छ। त्यसका लागि निकै मेहनत पनि गरेकी छु।
कस्ता-कस्ता गीत छन् एल्बममा?
पप गीत हुन्। धेरै गीत डान्सिङ नम्बर छन्। यो एल्बममा केही प्रयोग पनि गरेकी छु, आफ्नो भोकलअनुसारको गीत गाउने।
मंसिर पनि आयो नि!
मेरा लागि आएको छैन।
त्यसो त अफेयर लम्बिने भो!
कसैसँग अफेयर चलेकै छैन। कसरी लम्बिनु?
पहिलेको छुट्यो?
लभ नपरिकन कसरी छुट्छ। कामको व्यस्तताले त्यस्तो ‘ह्यांकीप्यांकी’ दिमागमै आउँदैन।
स्कुल-कलेज पढ्दा नि?
स्कुलमा त मेरो जोडी नै भेटिनँ। म सबैभन्दा अग्ली थिएँ। सँगै पढ्ने केटासाथी सबै पुड्का! आँटै नगर्ने। प्लस टू पढ्दा काठमाडौंको वातावरणसँग घुलमुल हुनै समय लाग्यो। त्यसपछि पद्मकन्या पढें।
अब बेला त भयो नि?
यतिबेला म करिअरकै ‘संक्रमणकालमा’ छु। मलाई गायिकाका रूपमा स्थापित हुनु त छँदै छ, यसका साथै जेसिसको राष्ट्रिय अध्यक्ष पनि हुने लक्ष्य छ। त्यसैले यतिबेला सिरियसली सोचिनँ भने केही पनि नहुन सक्छु।
घरपरिवारले हुर्केकी छोरीको पीर त लिँदा हुन् नि?
विवाहको पीर छैन। विवाह कस्तो केटासँग गराइदिने भन्ने पीर छ। ‘यो त गायिका भइसकी जस्तातस्तासँग विवाह गराइदिनुभएन’ भनेको सुन्छु। तर, मलाई चाहिँ अरू पेशा जस्तै हो जस्तो लाग्छ। फरक यत्ति हो- अलि धेरैले चिन्छन्।
तपाईंलाई चाहिँ कस्ता केटा मन पर्छन्?
जेन्टल। थोरै बोल्ने तर मनमा कुरा नलुकाउने खालका केटा मन पर्छन्।
गायिकाले ग्ल्यामरस हुन कत्तिको आवश्यक छ?
अहिलेको जमानामा त स्वर र लुक्स दुवैमा उत्तिकै ग्ल्यामर हुन आवश्यक छ।
मोडलिङ पनि गर्नुहुन्छ कि?
आफ्ना गीतमा आफैंले गर्छु।
फिल्म खेल्ने रहर छ?
एउटा फिल्ममा साइन पनि गरिसकें।
गायिका वा नायिका के बन्ने अब?
फिल्म त रहरले मात्रै गरेकी हुँ। हुन चाहिँ गायिका नै हुँ।
हट गायिका?
त्यस्तो धेरै हट होइन। युवा पुस्ताले रुचाउने खालको पहिरनमात्रै लगाउँछु।
केही दिनअघि गरेको फोटोसुटले त्यस्तै संकेत गर्छ त।
नयाँ पुस्ताले त्यत्तिको सहजै स्वीकार्छन्।
राम्री हुन निकै टाइम दिइन्छ होला, है?
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments